२१ जेठ २०८३, बिहिबार

लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी सडक नाटक

Logo
डुमरलाल मेहता बुधबार, जेठ ०६, २०८३

विराटनगर, ६ जेठ । दुहबी नगरपालिकाको आयोजना तथा थारु चलचित्र संघ सुनसरीको संयोजनमा सञ्चालित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी जनचेतनामूलक सडक नाटक कार्यक्रमको उद्घाटन गरिएको छ।
दुहबीस्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा थारु चलचित्र संघ सुनसरीकी अध्यक्ष जानकी चौधरीको अध्यक्षता रहेको थियो भने दुहबी नगरपालिकाका नगरप्रमुख बेद नारायण गच्छदार प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा उपमेयर मेनुका खतिवडा, विद्यालयका प्रधानाध्यापक तेजप्रसाद तिम्सिना, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख गच्छदारले २१औँ शताब्दीको समयमा पनि नेपाल मात्र नभई विश्वका विकसित तथा शक्तिशाली राष्ट्रहरूमा समेत लैङ्गिक विभेद विद्यमान रहेको उल्लेख गर्दै यस विषयलाई सरकार र सरोकारवाला निकायले गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गरे।
उनले पाकिस्तानकी शिक्षा अभियन्ता मलाला युसुफजई तथा अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनको प्रसंग उल्लेख गर्दै महिलाहरू कमजोर नभई सक्षम, संघर्षशील र परिवर्तनका संवाहक हुने सन्देश विद्यार्थीहरूलाई दिएका थिए।
नाट्यकर्मीहरूले दुहबी नगरभित्रका सामाजिक अवस्था, विद्यमान विभेद, सामाजिक प्रचलन तथा लैङ्गिक असमानताका विषयवस्तु समेटेर तयार पारिएको नाट्यशृङ्खला प्रस्तुत गरेका थिए। मार्मिक ढंगले प्रस्तुत गरिएको उक्त सडक नाटकले दर्शकको मन छोएको थियो। नाटक अवलोकन गर्न आएका विद्यार्थी तथा बालबालिका समेत प्रस्तुति हेरेर भावुक बनेका थिए।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300