२१ जेठ २०८३, बिहिबार

रास्वपाले वीरेन्द्रकुमार साहलाई दियो केन्द्रीय जिम्मेवारी

Logo
डुमरलाल मेहता शनिबार, जेठ ०९, २०८३

विराटनगर, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले मोरङका युवा नेता वीरेन्द्रकुमार साहलाई पार्टीको केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारी दिएको छ। पार्टी केन्द्रीय कार्यालयले जारी गरेको पत्रमार्फत साहलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

रास्वपाका महामन्त्री भूपदेव शाहद्वारा हस्ताक्षरित पत्रमा साहलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावलीअनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न विश्वास व्यक्त गरिएको छ।
मोरङको सुनवर्षी नगरपालिका–२ निवासी साह लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। विशेषगरी सहकारी, सामाजिक उत्तरदायित्व तथा युवामुखी अभियानमा उनको सक्रियता देखिँदै आएको छ।

रास्वपाले पछिल्लो समय संगठन विस्तारसँगै विभिन्न विभागहरूलाई सक्रिय बनाउने रणनीतिअनुसार नयाँ जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ। सोही क्रममा साहलाई केन्द्रीय सहकारी विभागमा समेटिएको पार्टी स्रोतले जनाएको छ।

साहले आफूलाई दिइएको जिम्मेवारी पार्टीको नीति र जनअपेक्षाअनुसार इमानदार ढंगले पूरा गर्ने प्रतिक्रिया दिएका छन्। उनले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300