२१ जेठ २०८३, बिहिबार

‘मन्त्री मेहताको विश्व स्वास्थ्यसभाको सहभागिता उपलब्धिमूलक’

Logo
आजको अपडेट बिहिबार, जेठ १४, २०८३

काठमाडौँ, १४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता स्विट्जरल्यान्डको जेनेभामा आयोजित ७९औँ विश्व स्वास्थ्यसभामा सहभागी भई आज स्वदेश फर्किनुभएको छ । यही जेठ ३ गते तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सभामा भाग लिन जानुभएको थियो ।

मन्त्री मेहताले महासभा नेपालका लागि ऐतिहासिक र उपलब्धिमूलक रहेको बताउनुभएको छ । उहाँलाई सभाको उपाध्यक्षका रूपमा निर्वाचित गरिएको थियो । यो नेपालको स्वास्थ्य कूटनीति र अन्तरराष्ट्रिय मञ्चमा नेपालको बढ्दो उपस्थितिका लागि ठूलो सम्मान रहेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले मन्त्रीको यस भ्रमणलाई नेपालको स्वास्थ्य क्षेत्रको अन्तरराष्ट्रिय सहकार्यमा एक महत्त्वपूर्ण फड्को मानेको बताउनुभयो ।

मन्त्री मेहताले सभामा पारित भएका नीतिहरू र नेपालले गरेका प्रतिबद्धतालाई राष्ट्रिय स्वास्थ्य नीतिसँग जोडेर कार्यान्वयनमा लैजाने बताउनुभयो । उहाँले जलवायु परिवर्तनले नेपालजस्ता पर्वतीय र विकासशील राष्ट्रको जनस्वास्थ्यमा पारेको गम्भीर असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराउनुभएको थियो ।

सभामा मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकता, महामारीको पूर्वतयारी, विश्वव्यापी स्वास्थ्य संरचनामा पहुँच र समानताका विषयमा नेपालको स्पष्ट धारणा राख्नुभएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300