२१ जेठ २०८३, बिहिबार

बजेट २०८३/८४: मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा विकास प्रवर्द्धन गरिने

Logo
आजको अपडेट शुक्रबार, जेठ १५, २०८३

काठमाडौँ, १५ जेठ । सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेस गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको बताउनुभएको हो ।

उहाँले पर्यटन प्रवर्द्धनका लागि विलासी रिसोर्ट र होटल निर्माणका लागि आर्थिक प्रोत्साहन दिइने बताउनुभयो । नेपाललाई युरोपेली युनियनको हवाई सुरक्षा सूचीबाट हटाउन आगामी पुसभित्र नागरिक उड्ड्यन प्राधिकरणलाई पुनःसंरचना गरी नियामक र सञ्चालक निकाय छुट्टाछुट्टै बनाइने उल्लेख गर्नुभयो ।

लुम्बिनी–मुक्तिनाथ धार्मिक मार्ग, शालिग्राम पथ र ध्यान÷योग केन्द्रको विकास गरिने उहाँको भनाइ छ । उहाँले योग, ध्यान, साधनाका साथै बौद्ध र वैदिक दर्शनलाई एकीकृत गर्ने लक्ष्य सरकारले राखेको उल्लेख गर्नुभयो । उक्त योजनाले मनाङ, मुस्ताङ र म्याग्दीलगायत हिमाली सांस्कृतिक अनुभवलाई विश्वस्तरमा चिनाउने प्रयास गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300