३० जेठ २०८३, शनिबार

मेरिल्याण्ड कलेजद्वारा तीन पूर्व विद्यार्थी सम्मानित

Logo
डुमरलाल मेहता बिहिबार, जेठ २१, २०८३

विराटनगर, जेठ २१ । विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका आफ्ना तीन जना पूर्व विद्यार्थीलाई सम्मान गरेको छ।

बिहीबार बिहान कक्षा ११ का विद्यार्थीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा पूर्व विद्यार्थी विवेक दाहाल, अनमोल भट्टराई र पंकज जैनलाई सम्मान गरिएको हो।

सम्मानित विद्यार्थीहरूलाई कलेजका अध्यक्ष गुणराज ढुंगेल, प्रिन्सिपल लक्ष्मण ढकाललगायतले खादा तथा मायाको चिनो प्रदान गर्दै बधाई दिएका थिए। कार्यक्रममा अध्यक्ष ढुंगेलले मेरिल्याण्ड कलेजबाट अध्ययन गरी विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका विद्यार्थीहरूले कलेजको प्रतिष्ठा अझ उचो बनाएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम जनशक्ति उत्पादनमा कलेज प्रतिबद्ध रहने उल्लेख गरे।

प्रिन्सिपल ढकालले पूर्व विद्यार्थीहरूको उपलब्धि वर्तमान विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको बताए। उनले मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढे सफलता हासिल गर्न सकिने धारणा व्यक्त गरे।

सम्मानित पूर्व विद्यार्थी विवेक दाहालले कलेजले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै आफ्नो सफलतामा मेरिल्याण्ड कलेजको महत्वपूर्ण योगदान रहेको बताए। उनले कलेजले पढाइसँगै अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्ने वातावरण प्रदान गरेको उल्लेख गर्दै नयाँ विद्यार्थीहरूलाई सामाजिक सञ्जालमा समय खेर नफाली अध्ययनमा केन्द्रित हुन आग्रह गरे।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको मनोरञ्जन गरेका थिए।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300