२१ जेठ २०८३, बिहिबार

सरकारी कर्मचारीलाई खाजा खाने समय ३० मिनेट तोकियो

Logo
आजको अपडेट सोमबार, भाद्र २४, २०८१

विराटनगर । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ ।

यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरूको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्( ‘खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १स् ३० देखि २ बजेसम्म कायम गरिएको छ ।’

प्रधानमन्त्री ओलीले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेलो सरकारमा गुनासो गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300