०९ जेठ २०८२, बिहिबार

घरभित्रै गोरु काटियो

Logo
आजको अपडेट मंगलबार, भाद्र २५, २०८१

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मुस्लिम टोलमा घरभित्रै गोरु काटिएको छ । गोरु काट्ने घरधनीलाई प्रहरीले पक्राउ गरेको छ ।

मुस्लिम टोलकी ३१ वर्षीया ताजकेरा खातुनको घरभित्र गोरु काट्दै गर्दा सोमबार बिहान ११ः३० बजेतिर प्रहरी पुगेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार प्रहरी पुग्दा घरभित्र धमाधम गोरु काट्ने काम भइरहेको थियो ।

गोरुको मासुसहित घरधनी खातुनलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको उनले बताए । गोरु काटेको घटनामा संलग्न ४ जना फरार बनेका छन् । इलाका प्रहरी कार्यालयय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले उनीहरुको खोजी गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300