२१ जेठ २०८३, बिहिबार

१९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९ खेलाडी छनोट

Logo
आजको अपडेट बिहिबार, भाद्र २७, २०८१

विराटनगर ।‌ आइसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।

नेपाल  क्रिकेट सङ्घ (क्यान) ले हिजो सार्वजनिक गरेको विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहा महरा र सावित्रा धामी छनोटमा परेका छन् ।

त्यस्तै अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पहिलो चरणमा छनोटमा भएका छन् ।

टी –ट्वान्टी विश्वकप एसिया छनोट आउने नोभेम्बरमा यूएईमा हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300