०५ आषाढ २०८३, शुक्रबार

नयाँ कार्यक्रमका साथ बागमती विश्वविद्यालय

Logo
आजको अपडेट बुधबार, आषाढ ०३, २०८३

बागमती, ३ असार।  बागमती विश्वविद्यालय विभिन्न नयाँ कार्यक्रमका साथ विद्यार्थीे र अभिभावकलाई आकर्षित गर्दै अघि बढिरहेको छ । विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन, विज्ञान तथा प्रविधि, शिक्षा तथा सामाजिक विज्ञान सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन गरिरहेको छ ।

युगको मागअनुुसारका विषय एवं पाठ्यक्रममा जोड दिइएको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज)का अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिनुुभयो । उहाँका अनुुसार विश्वविद्यालयले हालसम्म विभिन्न विषयका १४ वटा पाठ्यक्रम तयार गरिसकेको छ भने यस वर्षदेखि स्नातकोत्तर तहका कक्षासमेत सञ्चालन गर्नेछ ।

संविधानतः उच्च शिक्षालाई प्रदेश तहमा जिम्मेवारी दिएअनुरुप २०८१ साल जेठ २५ गते उक्त विश्वविद्यालय स्थापना भएको थियो । अध्यक्ष पौडेलले भन्नुुभयो, “यसै वर्षदेखि स्नातकोत्तर तहमा एमएड, एमबिए र मास्टर इन इन्सुरेन्स एन्ड रिस्क म्यानेजमेन्ट (एमआरआइएम)का कक्षा सञ्चालन गर्दैछौँ भने स्नातक तहमा कम्युटर इन्जिनियरिङ, बिएएलएलबी, बिएचएमजस्ता विषय थप्न लागेका छौँ ।

” विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा माडी क्याम्पस चितवन, हेटौँडा क्याम्पस मकवानपुर, जनमैत्री क्याम्पस काठमाडौँ, भुवानीशङ्कर क्याम्पस चितवन, चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक र कपन क्याम्पस काठमाडौँ रहेका छन् । विश्वविद्यालयका सबै गरी आङ्गिक क्याम्पसमा हाल ५५० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300