१२ जेठ २०८२, आइतबार

कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Logo
आजको अपडेट आइतबार, भाद्र ३०, २०८१

विराटनगर । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हुरी चल्ने सम्भावना छ ।

यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेश एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले ती ठाउँमा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300