०५ आषाढ २०८३, शुक्रबार

प्रज्ञाको कविता महोत्सव स्थगन

Logo
आजको अपडेट शुक्रबार, आषाढ ०५, २०८३

काठमाडौँ, ५ असार।  नेपाल प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय कविता महोत्वस–२०८३’ स्थगन गरेको छ । प्रतिष्ठानले ६९औँ वार्षिकोत्वसका अवसरमा यही असार ९ गते आयोजना गर्न लागेको महोत्सव विशेष कारणवश स्थगित भएको जनाएको छ ।

प्रतिष्ठानले गत वैशाख १६ गते सूचना प्रकाशित गरी महोत्सवका लागि कविता आह्वान गरेको थियो । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख सुमन अधिकारीले अर्को सूचना नआएसम्म महोत्सवका लागि पठाइएका कविताहरू अन्यत्र प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

प्रतिष्ठानका भौतिक संशाधन महाशाखा प्रमुख सन्ध्या पहाडीले प्राज्ञ परिषद नहुँदा कविता छनोटका लागि समिति गठनलगायत प्रशासनिक कार्यमा प्रभावित भएकाले महोत्सव स्थगन गरिएको बताउनुभयो । हाल प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिवलगायतका पदाधिकारीको पद रिक्त छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300