०५ आषाढ २०८३, शुक्रबार

गाउँपालिकाको आफ्नै डोजर

Logo
आजको अपडेट शुक्रबार, आषाढ ०५, २०८३

मुस्ताङ ५ असार । हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित घरपझोङ गाउँपालिकाले स्काभेटर (जेसिबी) डोजर खरिद गरेको छ । हिउँद तथा बर्खायाममा हुनसक्ने मनसुनजन्य प्राकृतिक विपद्को व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणलगायतका कार्यमा उपयोग गर्ने गरी घरपझोङ गाउँपालिका डोजर खरिद गरेको हो ।

चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षीक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले पैसठ्ठी लाख मुल्य बराबरको स्काभेटर उपकरण किनेको अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो ।

गाउँपालिकासँग डोजरलगायतका उपकरण नहुँदा विपद् प्रतिकार्य तथा भौतिक निर्माणमा ठूलो खर्च हुने गरेकाले त्यस्ता कार्यमा उपकरण परिचालन गर्दा लाग्ने खर्च घटाउन डोजर किन्नु परेको अध्यक्ष लालचनले बताउनुभयो ।

बर्खायाममा नदी कटान तथा बाढी पहिरोका कारण भौतिक संरचना क्षति हुने गरेको र हिउँदयाममा हिमपातका कारण सडक अवरुद्ध हुने गरेकाले पालिकाले आफैले डोजर व्यवस्थापन गरेको जनाएको छ । यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकालाई भारत सरकारले अनुदान सहयोगमा डोजर उपहार दिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300