०५ आषाढ २०८३, शुक्रबार

जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु

Logo
आजको अपडेट शुक्रबार, आषाढ ०५, २०८३

जनकपुरधाम, ५ असार।   जनकपुरधामलाई व्यवस्थित सहर बनाउने काम सुरु भएको छ । धाम मधेस प्रदेशको राजधानी हो । एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा फोहर व्यवस्थापन सुधार, खानेपानीको आपूर्ति, वर्षामा परेको पानीको उचित व्यवस्थापन तथा सडकका स्तरोन्नति, ढल निकासमा सुधार मार्फत जनकपुर धामलाई व्यवस्थित सहर बनाउन सुरु गरिएको हो ।

एकीकृत सहरी विकास परियोजना (आयुडिपी) अन्तर्गत प्राप्त कुल रु दुई अर्ब १३ करोडको ऋण स्वीकृत मा सहरको सौन्दर्यता बढाउने उद्देश्यले जनकपुरधामलाई गौरव गर्न लायक सहर बनाउन लागिएको उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो ।

नेपाल सरकारको ७५ प्रतिशत र बाँकी स्थानीय उपमहानगरपालिकालगायत निकायले व्यहोर्ने गरी उक्त योजना सम्पन्न गर्न बोलपत्र आह्वान प्रक्रिया सुरु भइसकेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300