०५ आषाढ २०८३, शुक्रबार

देवघाटमा बाँदर आतङ्क नियन्त्रणका लागि दीर्घकालीन नीति ल्याउन माग

Logo
आजको अपडेट शुक्रबार, आषाढ ०५, २०८३

दमौली (तनहुँ), ५ असार । तनहुँको देवघाट गाउँपालिकाका स्थानीयवासीले देवघाट क्षेत्रमा बढ्दो बाँदर आतङ्कलाई समस्याका रूपमा उठाउँदै दीर्घकालीन समाधानका लागि स्पष्ट नीति निर्माण गर्न गाउँपालिकालाई आग्रह गरेका छन् ।

धार्मिक, पर्यटकीय तथा कृषि उत्पादनको दृष्टिले महत्वपूर्ण मानिने देवघाट क्षेत्रमा पछिल्ला वर्षमा बाँदरको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । बाँदरका कारण खेतीपातीमा ठूलो क्षति पुग्नुका साथै स्थानीय बासिन्दा र धार्मिक पर्यटकसमेत असुरक्षित बन्न पुगेको गुनासो स्थानीयको छ ।

देवघाटमा दैनिकजसो बाँदरले घर, पसल तथा खेतीबालीमा क्षति पु¥याउने गरेकामा कृषक सबैभन्दा बढी मारमा पर्दै आएका छन् । बाँदरका कारण मकै, गहुँ, तरकारी तथा फलफूलखेती जोगाउन कठिन बन्दै गएको स्थानीयको भनाइ छ । बाँदरसम्बन्धी समस्याले कृषिमा निर्भर परिवारको आयआर्जनमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने माग गरिएको छ ।

स्थानीय रामहरि पुडासैनीले बाँदर व्यवस्थापनको विषय विगतका निर्वाचनमा प्रमुख एजेण्डाका रूपमा उठ्दै आएको स्मरण गराउँदै अब त्यसलाई व्यवहारमा उतार्ने समय आएको बताउनुभयो । उहाँले बाँदरको समस्या केवल कृषिसँग मात्र सम्बन्धित नभई धार्मिक पर्यटनसँग जोडिएको विषय रहेको उल्लेख गर्नुभयो । देवघाट धार्मिक पर्यटकको प्रमुख गन्तव्य हो ।

त्यहाँ पुग्ने पर्यटक बाँदरको आक्रमण र हैरानीका कारण असहज महसुस गर्न बाध्य छन्”, उहाँले भन्नुभयो, “स्थानीय सरकार, वन कार्यालय र सम्बन्धित निकायबीच समन्वय गरेर वैज्ञानिक तथा दीर्घकालीन समाधान खोज्नुपर्छ ।

” स्थानीय किरण सुवेदीले बाँदर आतङ्कका कारण स्थानीय बासिन्दा लामो समयदेखि समस्यामा परिरहेको बताउँदै गाउँपालिकाले अब ठोस योजना र नीति ल्याउनुपर्ने धारणा राख्नुभयो । उहाँलेआगामी बजेट तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । देवघाटको धार्मिक तथा पर्यटकीय छविमा नकारात्मक असर पर्न नदिन बाँदर व्यवस्थापन अपरिहार्य रहेको स्थानीयको सामूहिक आवाज छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300