०५ आषाढ २०८३, शुक्रबार

ज्यामरुक कोटको थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा

Logo
आजको अपडेट शुक्रबार, आषाढ ०५, २०८३

तनहुँ, ५ असार।  स्थानीय भानु नगरपालिका–१२ स्थित ज्यामरुक कोट थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा स्तम्भ स्थापना गरिएको छ ।

अधिकारी क्षेत्रीको कुलदेवता थानको परिसरमा अवस्थित ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण कोटमा झण्डा राखिएको हो । नगरप्रमुख आनन्दराज त्रिपाठी र वडाध्यक्ष बेलबहादुर अधिकारीले संयुक्त रुपमा झण्डा स्तम्भको उदघाटन गर्नुभयो ।

नेपालकै गौरव र गाथाहरुले भरिपूर्ण मनोहर प्राकृतिक वरदानले सजिएको ऐतिहासिकस्थलका रूपमा कोट थुम्का परिचित छ । राष्ट्रिय झण्डा स्तम्भ स्थापनापछि थप आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा कोट थुम्काको विकास हुने अपेक्षा गरिएको नगरप्रमुख त्रिपाठीले बताउनुभयो । मिलुङ बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक कुशलचन्द्र अधिकारीले कोट थुम्का पर्यटकीय दृष्टिकोणले गन्तव्य बन्दै गएका कारण यहाँको कृषि क्षेत्रमा थप सहयोग पुग्ने बताउनुभयो । त्यस क्षेत्रको विकासका सन्दर्भमा थप २०० वटा लालिगुराँसको बिरुवा रोप्ने लक्ष्यसमेत राखिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300