०९ जेठ २०८२, बिहिबार

शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घट्यो

Logo
santosh आइतबार, साउन २०, २०८१

विराटनगर । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको हो ।

गएको शुक्रवार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको थियो ।

आज भाउ घटेर तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ ।

शुक्रवार तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार सात सय ८५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300