२३ आषाढ २०८२, सोमबार

नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक

Logo
आजको अपडेट सोमबार, मंसिर १०, २०८१

विराटनगर । मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएल को ट्रफी सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान धरहरा धरहरा परिसरबाट एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् । क्यानका अनुसार सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक भएको हो ।

प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्स गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटन खेलमा विराटनगर किंग्स र जनपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300