२३ आषाढ २०८२, सोमबार

काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दै

Logo
सन्तोष मेहता मंगलबार, साउन २२, २०८१
नेपालले आज इरानसँग खेल्दै

विराटनगर । काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो ३ बजे भारत र श्रीलङ्काबीच खेल हुनेछ ।

नेपालले हिजो माल्दिभ्सलाई सोझो सेटमा हराउँदै लिगको उपविजेता बन्यो । लिग चरणमा भारतलाई हराएर ऐतिहासिक उपलब्धी बनाउन सफल नेपालको महिला भलिबल टोली इरानसँग भने पराजित भएको थियो । ४ खेलमा ९ अङ्कसहित नेपाल लिगमा दोस्रो भएको हो ।

त्यस्तै इरान तेस्रो स्थानमा रह्यो । पाँच टोली सहभागि प्रतियोगिताको अङ्कतालिकामा भारत शीर्ष र श्रीलङ्का चौथो हुँदा माल्दिभ्स बाहिरीयो । हिजो भएको खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बन्यो । आज हुने सेमिफाइनलका खेलमा विजेता टोलीले उपाधिका लागि भोलि बेलुका खेल्नेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300