१० जेठ २०८२, शुक्रबार

आज नेपाल र म्यानमारबीच फाइनल भिडन्त

Logo
आजको अपडेट बुधबार, फाल्गुण १४, २०८१

विराटनगर । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ ।

फाइनल खेलमा नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

चार देश सहभागी च्याम्पियनसिपमा म्यानमार र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

म्यानमारले लिग चरणका तिन खेलमा दुई जित र एक बराबरीसहित ७ अङ्क हासिल गरेर शीर्ष स्थानमा रहेको थियो । म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।

त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अङ्क नै रहेको थियो । तर गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पनि लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने म्यानमारसँग बराबरी खेलेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300