०९ जेठ २०८२, बिहिबार

महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल र हङकङ खेल्दै

Logo
आजको अपडेट मंगलबार, बैशाख ३०, २०८२

विराटनगर । खेल थाइल्याण्डको एशियन इन्स्टिच्युड टेक्नोलजी मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ ।

यसअघि लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । यो खेल वर्षाका कारण ५ ओभरमा भएको थियो ।

नेपाल र हङकङको पहिलो खेल भने वर्षाले रद्द भएको थियो । नेपालले पर्सि बिहीवार फेरि बहराइनसँग खेल्नेछ ।

एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल रहेको समूह ‘सी’मा  बहराइन र हङकङ छन् । समूहका दुई टोलीले एक आपसमा समान दुई÷दुई खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्नेछ ।

तीनै समूहको शीर्ष टोलीले सुपर–३ मा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300