२३ आषाढ २०८२, सोमबार

सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्याे यू–१६ इस्ट जाेन कपकाे उपाधि

Logo
आजको अपडेट शनिबार, आषाढ २१, २०८२

विराटनगर । सिङ्गापुरलाई हराउँदै नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । प्रतियाेगितामा नेपाल अपराजित रहँदै विजेता बनेकाे हाे ।

सिङ्गापुरले दिएको १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेटायो । नेपालका जोए थापाले नटआउट २४ रन बनाए । सिङ्गापुरका कपिश वेन्कटरमनले ४ विकेट लिए ।

नेपालले ५८ रनमा ५ विकेट गुमाएको अवस्थामा जोए थापा र शुभम् खनालले छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरे । यस्तै नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थमा जोए थापा र अभय यादवले नवौं विकेटका लागि नटआउट २५ रनको साझेदारी गरे ।

यसअघि मलेशियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर ५ बलमा १ सय १३ रन बनाउँदा अलआउट भयो । सिङ्गापुरका रोहन अस्टिन अरुणले सबैभन्दा धेरै २३ रन बनाए । नेपालका सुशीलबहादुर रावल र अभय यादवले ३/३ विकेट लिए । यस्तै शुभम् खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए ।

सेमिफाइनलमा नेपालले मलेशियालाई र सिङ्गापुरले हङकङलाई हराएका थिए । नेपाल १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो । नेपाल १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।

यस्तै हङकङलाई ५ विकेटले हराउँदै आयोजक मलेशिया प्रतियोगितामा तेस्रो भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300