०९ जेठ २०८२, बिहिबार

दिनभर उतारचढाव भएको शेयर बजार सामान्य बढ्यो, २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

Logo
आजको अपडेट बिहिबार, साउन २४, २०८१
२० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

विराटनगर । हिजो एक सय आठ अङ्कले बढेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ६ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ६६ दशमलव ३८ विन्दुमा पुगेको छ । दिनभर उतारचढाव भएको नेप्से बिहान ११ बजेर २४ मिनेटमा दुई हजार आठ सय ११ विन्दुमा पुगेको थियो ।

आज जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज कर्णाली विकास बैंक, शिवम् सिमेन्ट्स, घोराही सिमेन्ट इन्डस्ट्री, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल र सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर भने आठ प्रतिशतले घटेको छ ।

आज तीन सय २२ वटा कम्पनीका पाँच करोड नौ लाख कित्ता शेयर २० अर्ब सात करोड रुपैयाँमा कारोबार भएको छ । आज शिवम् सिमेन्ट्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको एक अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300