विराटनगर । आज तिहार अर्थात् यमपञ्चकको चौथो दिन गोवर्धन पूजा गरि मनाइँदै छ । तिहारको पहिलो दिन काग, कुकुर र लक्ष्मी पूजा हुँदै आज गोवर्धन पूजा गरि मनाइँदै छ भने नेवार समुदायले म्हपूजा र नेपाल सम्वत् मनाउँदै छन् ।
नेपाललगायत विश्वभरि कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ ।
भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ ।
भगवान श्री कृष्णसँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ ।
आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाएको त्यही गोबर्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ ।
गोवर्धननका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पूजा गरिन्छ ।
आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने गरिन्छ ।
