१० जेठ २०८२, शुक्रबार

पेरिस पारालिम्पिक्समा कास्य विजेता पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ पाउने

Logo
आजको अपडेट शनिबार, भाद्र १५, २०८१
पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ पाउने

विराटनगर । पेरिस पारालिम्पिक्समा कास्य पदक जितेकी पलेशा गोवर्धन श्रेष्ठले सरकारबाट ६५ लाख रुपैयाँ पाउने भएकी छिन् । पेरिस पाराओलम्पिक्स–अन्तर्गत गएराति सम्पन्न के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले कास्य पदक जितेकी हुन् । पलेशाले जितेको पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ । नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई एक करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ । नियमावली अनुसार पलेशाले ६५ लाख नगद नेपाल सरकारबाट प्राप्त गर्नेछिन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300