१० जेठ २०८२, शुक्रबार

श्रीलङ्कामा नेपालको दोस्रो अभ्यास खेल पनि रद्द

Logo
आजको अपडेट बुधबार, भाद्र १९, २०८१
श्रीलङ्कामा नेपालको दोस्रो अभ्यास खेल पनि रद्द

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको दोस्रो एकदिवसीय अभ्यास खेल पनि रद्द भएको छ । वर्षाका कारण नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको खेल टस पनि नभई रद्द भएको हो ।

नेपाल र श्रीलङ्काली टोलीबीचको पहिलो अभ्यास खेल पनि वर्षाका कारण टस पनि नभई रद्द भएको थियो । नेपाल र श्रीलङ्काली टोलीबीचको तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि शुक्रवार हुने तालिका छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलङ्का गएको हो । लिग–२ मा नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै ओमानसँग खेल्नेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै स्कटल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300