२३ आषाढ २०८२, सोमबार

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत

Logo
आजको अपडेट शनिबार, साउन १९, २०८१

काठमाडौं । नेपाली महिला टोलीले भारतलाई हराउँदै काभा वुमन्स लिगमा ऐतिहासिक जीत८ निकालेको छ । दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो ।

भलिबलमा एसियाकै जायन्ट मानिने भारतलाई नेपाली टोलीले ३–२ को सेटमा पराजित गर्दा स्पाइकरहरू सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारी एवम्‌ लिबेरो सलिना श्रेष्ठले फाइनल स्पर्धामा उत्कृष्ट प्रदर्शन गरे ।
नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी काभा वुमन्स लिगमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्‌ । यसअघि नै नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

शनिबार नै भुटानको राजधानी थिम्पुमा नेपाली महिला टोली काभा बीच भलिबल च्याम्पियन बनेको थियो । नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300