२८ जेठ २०८३, बिहिबार

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

Logo
आजको अपडेट बिहिबार, जेठ २८, २०८३

दाङ, २८ जेठ।   रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भाँसिएर दुर्घटना हुँदा सल्यानको बागचौर नगरपालिका–४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले बताउनुभयो ।

ट्रकका सवारी चालक घाइते भएका छन् । माडी गाउँपालिका–१ पात्लेस्थित बल्ले–झिनुवाभित्री सडकमा रा १ ख ३०४५ नम्बरको उक्त ट्रक दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300