२८ जेठ २०८३, बिहिबार

उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको भेट

Logo
आजको अपडेट बिहिबार, जेठ २८, २०८३

काठमाडौँ, २८ जेठ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले आज उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, सङ्घीयता सुदृढीकरण, प्रदेश-सङ्घीय समन्वय तथा आपसी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले प्रदेशप्रमुख खापुङलाई स्वागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सफल कार्यान्वयनका लागि प्रदेश र सङ्घबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रदेश प्रमुख खापुङले सङ्घीयता कार्यान्वयनमा प्रदेशस्तरको प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय एकता, समावेशिता र संविधानको मर्मअनुसार प्रदेश सरकारको भूमिकाबारे जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300