०१ आषाढ २०८३, सोमबार

महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ

Logo
आजको अपडेट सोमबार, आषाढ ०१, २०८३

वालिङ (स्याङ्जा), १ असार।  भूतपूर्व सैनिकका सन्तान बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले वालिङमा सिलाइकटाइ तालिमको आयोजना गरिएको छ । र

क्षा विभाग कल्याणकारी शाखा काठमाडौँको आर्थिक सहयोग तथा वालिङ–९ भकुण्डेस्थित जिल्ला सैनिक बोर्ड वालिङको व्यवस्थापनमा उक्त तालिमको आयोजना गरिएको हो । भूतपूर्व सैनिक तथा सर्वसाधारण गृहिणी महिलालाई लक्षित गरी तीनमहिने र छमहिने सिलाइकटाइसम्बन्धी सीप सिकाउने गरिएको जिल्ला सैनिक बोर्ड वालिङका सेक्रेटरी नरबहादुर पुनले बताउनुभयो ।

यहाँबाट सीप सिकेका गृहिणी महिलामध्ये केहीले व्यावसायिक रुपमा सिलाइकटाइ पेसालाई अगाडि बढाएर आम्दानी लिन थालेका छन् । जिल्ला सैनिक बोर्ड वालिङमा सञ्चालन भएको तालिममा वर्षैभरि तीन÷तीनमहिने र ६÷६ महिने सिलाइकटाइ तालिम तथा कम्प्युटरसम्बन्धी तालिम सञ्चालन हुँदै आएको छ । यसपटक सिलाइकटाइमा २० महिला र कम्प्युटर तालिममा ३० बालबालिका तथा विद्यार्थी सहभागी छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300