०५ आषाढ २०८३, शुक्रबार

सिरुटारको वडा कार्यालय भवन निर्माणका लागि एक करोड मूल्यबराबरको जग्गादान

Logo
आजको अपडेट बुधबार, आषाढ ०३, २०८३

भक्तपुर, ३ असार ।  सूर्यविनायक नगरपालिकाले नौवटा वडाको कलात्मक कार्यालय भवन निर्माण गरिसके पनि जग्गा अभावले रोकिएको वडा नं १ सिरुटारको भवन पनि अब आफ्नै जग्गामा निर्माण हुने भएको छ । स्थानीय स्वर्गीय नरबहादुर राउतको नाममा रहेको करिब रु एक करोडभन्दा बढी मूल्यबराबरको जग्गा वडा कार्यालय भवन निर्माणका लागि दान प्राप्तिपछि भवन निर्माण हुन लागेको हो ।

सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानुकाजी कायस्थले राउत नरबहादुरका चार छोराबाट दान प्राप्त चार आना जग्गामा अन्डरग्राउन्डसहितको अत्याधुनिक भवन निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।

नगरपालिकाले रु तीन करोड ४० लाखको बजेटमा ठेक्का आह्वान गरेसँगै भवन निर्माण अघि बढेको उहाँले जानकारी दिनुभयो । उहाँले कलात्मकता झल्किने गरी भवन निर्माण हुने र भवनमा वडा कार्यालयको प्रशासनिक कार्यसँगै विभिन्न शाखा, स्तनपान कक्ष, अपाङ्गमैत्री, सुविधायुक्त हलसहितको भवन निर्माण हुने उहाँले बताउनुभयो ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाले वडा नं २ देखि वडा नं १० सम्म आफ्नै भवन निर्माण गरिसकेको बताउँदै अब बाँकी रहेको वडा नं १ को भवन पनि २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

उहाँले वडा नं १ को भवन कलात्मक हुने बताउँदै नयाँ बनेका भवनमध्ये वडा नं ५, ६, ९ र वडा नं १० को भवन कलात्मक शैलीमा निर्माण गरेको र वडाका पुराना भवनलाई पनि नयाँ स्वरुपमा कलात्मकता दिएको बताउनुभयो । वडा नं १ सिरुटारको भवन निर्माणसँगै नगरपालिकाको आफ्नो प्रशासनिक भवन र नगरका १० वटै वडाले आफ्नै भवनबाट नागरिकलाई सेवाप्रवाह गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300