१० जेठ २०८२, शुक्रबार

माल्दिभ्सविरुद्ध नेपाल सोझो सेटमा विजयी, सेमिफाइनलमा इरानसँग खेल्ने

Logo
विराटनगर सोमबार, साउन २१, २०८१
माल्दिभ्सविरुद्ध नेपाल सोझो सेटमा विजयी

विराटनगर । घरेलु कोर्टमा जारी काभा महिला भलिबल नेसन्स लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सविरुद्ध ३–० को सेटमा जित निकालेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसरमा रहेको कभर्ड हलमा भएको खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो सेट २५–८ ले सहजै जितेको थियो । पहिलो सेटपछि नेपाली टिमका प्रशिक्षक जगदीश भट्टले कोर्टमा टिमको दोस्रो रोजाइ उतारेका थिए ।

नेपालको दोस्रो रोजाइका खेलाडीले भने पहिलो सेटको जसरी नै माल्दिभ्स दबाब बनाउन सकेनन् । नेपालले दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले जितेको थियो । यो जितसँगै नेपालले अब सेमिफाइनल इरानसँग खेल्ने भएको छ । लिग चरणमा नेपालले चार खेलबाट नौ अंक जोडेको नेपालले दोस्रो स्थान हासिल गर्यो ।

दोस्रो स्थानको टोलीले तेस्रो स्थानमा रहने टिमसँग खेल्ने समीकरण भएकाले नेपालले इरानसँग खेल्ने भएको हो । यसअघि लिग चरणमा इरानले नेपालविरुद्ध ३–२ को सेटमा जित निकालेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300