१० जेठ २०८२, शुक्रबार

बेलवारी नगरपालिकामा काराते सिकारुहरुलाई सहयोग

Logo
सन्तोष मेहता बुधबार, साउन २३, २०८१
काराते सिकारुहरुलाई काराते किड्स वितरण

विराटनगर । बेलवारी नगरपालिकाको सिटो आर वाइ यु क्लबमा सोमवार एक विशेष कार्यक्रम सम्पन्न भयो । गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले काराते सिकारुहरुलाई काराते किड्स वितरण गरे । यस कार्यक्रमको मुख्य उद्देश्य सिकारुहरुलाई काराते सिक्न सहज वातावरण बनाउनु रहेको थियो ।

क्लबमा करिब १५० जना सिकारु विद्यार्थीहरु रहेका छन् । यसअघि काराते किड्सको अभावमा सिकारुहरुलाई अभ्यास गर्न कठिनाइ भइरहेको थियो । एक विद्यार्थीले भने अनुसार, हेर्दा सामान्य समस्या देखिए पनि यो हाम्रो लागि ठूलो सहयोग भएको छ ।

अभिषेक गिरी खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय रूपमा सहयोग गर्दै आएका छन् । उनले भने, आजका बालबालिका भोलिका कर्णधार हुन्। हामीले जस्तो बिरुवा रोप्छौं, त्यस्तै फल पाउँछौं ।

गिरी फाउन्डेसनले पछिल्लो समय शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। यस प्रकारका कार्यक्रमहरूले स्थानीय युवाहरुको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300