२१ जेठ २०८३, बिहिबार

मैथिली गायक मनोज भोले यादवको नयाँ गीत “बोलो बोलो राधे राधे” सार्वजनिक

Logo
आजको अपडेट शनिबार, साउन ३२, २०८२

विराटनगर । मैथिली गीत–संगीतका लोकप्रिय तथा सुपरहिट गायक मनोज भोले यादवले आफ्नो नयाँ भक्ति गीत “बोलो बोलो राधे राधे” सार्वजनिक गरेका छन्। कृष्ण जन्माष्टमीको पावन अवसर पारेर सार्वजनिक गरिएको यो गीतमा भगवान श्रीकृष्ण र राधाप्रति अटुट प्रेम, भक्ति र श्रद्धाको अभिव्यक्ति गरिएको छ।

जहिले पनि मैथिली गीत गाएर वहाँ सबै जनाको आकर्षण को केन्द्र बनेको छ । वहाँ यो कृष्ण भगवानको यो पहिलो गीतमा पारम्परिक मैथिली संगीतको स्वादसहित आधुनिक एरेञ्जमेन्टको मिश्रण छ, जसले युवा पुस्तादेखि बृद्धसम्म सबैलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। भिडियोमा धार्मिक झाँकी, भजन–कीर्तन र मथुरा–वृन्दावनको झल्को दिने दृश्य समावेश छन्।

मनोज भोले यादवले यसअघि पनि “जय भोले ” जस्ता चर्चित भक्ति गीतहरू दिईसकेका छन्। उनी भन्छन् “भक्ति संगीतले समाजमा सकारात्मक ऊर्जा र एकताको सन्देश दिन्छ, यही सोचका साथ यो गीत तयार गरेको हुँ।”

यो गीत युट्युब तथा सामाजिक सञ्जालमार्फत उपलब्ध छ र प्रकाशनको केही घण्टामै हजारौं दर्शकले हेरेर मन पराइरहेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300