१० जेठ २०८२, शुक्रबार

२० वर्षमुनिको साफ च्याम्पियनपशिपमा नेपालकाे विजयी शुरुआत

Logo
आजको अपडेट आइतबार, भाद्र ०२, २०८१
नेपालकाे विजयी शुरुआत

२० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेकाे छ ।

ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सको मैदानमा आज भएकाे उद्घाटन खेलमा आयाेजक नेपालले श्रीलङ्कालाई १–० गाेल अन्तरले हरायाे । नेपालका लागि खेलकाे २४ औं मिनेटमा निराजन धामीले गाेल गरे । आजकाे खेलमा नेपालले गाेल गर्ने अन्य अवसरहरू बनाए पनि त्यसलाई सदुपयाेग गर्न सकेन । जीतसँगै नेपालले समूह ‘ए’ मा ३ अङ्क जाेडेकाे छ ।

अब नेपालले समूह चरणकाे अन्तिम खेलमा आउँदाे बिहीवार बङ्गलादेशसँग खेल्नेछ । प्रतियाेगितामा भाेलि समूह ‘बी’ का भारत र भुटान खेल्दैछन् । आजदेखि शुरू भएकाे प्रतयाेगिता यही भदाै १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300