१० जेठ २०८२, शुक्रबार

महिला टी-२० विश्वकप यूएईमा हुने

Logo
आजको अपडेट बुधबार, भाद्र ०५, २०८१
महिला टी-२० विश्वकप यूएईमा हुने

विराटनगर । आईसीसी महिला टी २० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स ९यूएई० मा हुने भएको छ ।

यसअघि बंगलादेशमा हुने भनिएको महिला टी २० विश्वकप त्यहाँबाट यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले जनाएको छ ।

यसअघि महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा प्रतियोगिता हुने नहुने अनिश्चित बनेको थियो ।

यसअघि भारतलाई महिला टी२० विश्वकप आयोजनाका लागि प्रस्ताव गरेपनि भारतले अस्वीकार गरेको थियो ।

अब महिला टी २० विश्वकप यूएईको दुई शहर दुबई र शारजहामा हुने आईसीसीले जनाएको छ ।

आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डासले बंगलादेशमा विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा रहेको बताएका छन् ।

यस्तै विश्वकप आयोजकको रुपमा आगाडी आएको इमिरेट्स क्रिकेट बोर्डलाई एलार्डासले धन्यवाद दिएका छन् ।

आईसीसीको हेडक्वाटर रहेको यूएई पछिल्लो समयम क्रिकेट प्रतियोगिताहरुको लागि हब नै बनेको छ ।

यूएईले सन् २०२१ मा ओमानसँगै टी२० पुरुक्ष विश्वकपका साथै विभिन्न छनोट प्रतियोगिताहरु आयोजना गरिसकेको छ ।

विश्वस्तरीय पूर्वाधार र सुविधा भएको यूएई महिला टी २० विश्वकप आयोजनाका लागि सबै किसिमले तयार रहेको आईसीसीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300