१० जेठ २०८२, शुक्रबार

साफ यु–२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

Logo
आजको अपडेट बिहिबार, भाद्र ०६, २०८१
आज नेपाल र बंगलादेश खेल्ने

विराटनगर । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगितामा दुवै टोलीले आज दोस्रो खेल खेल्दै छन् ।

यसअघिको खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेर एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् ।

दुबै टोलीको समान तीन अंक छ । गोलअन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा छ । आज पराजित हुने टोलीले समूह ‘बी’ को भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतियोगितामा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’मा बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300