०९ जेठ २०८२, बिहिबार

डेंगीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने

Logo
आजको अपडेट बिहिबार, साउन २४, २०८१
डेंगीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

डेंगीको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेंगी रोगको संक्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेंगी संक्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेंगीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए । मन्त्रालयले सरकारी अस्पताललाई डेंगी संक्रमितको उपचार व्यवस्थापन मिलाउन आग्रह गर्दै ‘डेंगी डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।
न्यिदब िक्ष्mभ दबलप

प्रवक्ता डा। बुढाथोकीले स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेंगी संक्रमण नियन्त्रण गर्न नसकिने उल्लेख गरे । प्रदेश र स्थानीय तहका सबै निकायको सहयोग आवश्यक रहेको उनले बताए ।

यो वर्ष ७३ जिल्लाका दुई हजार ३६५ जनामा डेंगी संक्रमण र एकजनाको मृत्यु भएको छ । रासस

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300