२१ जेठ २०८३, बिहिबार

बाँकेको नरैनापुरमा झाडापखालाबाट शरीरमा पानी कमी हुँदा चार जनाको ज्यान गएको पुष्टि

Logo
आजको अपडेट मंगलबार, भाद्र १८, २०८१
बाँकेको नरैनापुरमा झाडापखालाबाट शरीरमा पानी कमी हुँदा चार जनाको ज्यान गएको पुष्टि

विराटनगर । बाँकेको नरैनापुरमा झाडापखालाबाट शरीरमा पानीको कमी हुँदा चार जनाको ज्यान गएको पुष्टि भएको छ । बिरामीपरेका मध्ये एकै परिवारका तीनसहित चार जनाको ज्यान गएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवम् महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले ज्यान गएको जानकारी दिनुभयो ।

मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ज्यान गएको पुष्टि भएको छ ।

गएको भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र शाहले जानकारी दिनुभयो । नरैनापुर–३ गेगलीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङक्रमण देखिएको थियो ।

सङक्रमणबाट ज्यान गुमाउनेमा ७५ वर्षीया शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी, एक वर्षकी नाबालिका र युसुफ अलि रहेका छन् । झाडापखाला देखिएको नरैनापुरमा हैजाजन्य किटाणु भने नभएको स्वास्थ्य शाखाका प्रमुख अङ्गत शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300