१० जेठ २०८२, शुक्रबार

डेंगी संक्रमितको संख्या ६८ सय नाघ्यो, चारजनाको मृत्यु

Logo
आजको अपडेट मंगलबार, भाद्र १८, २०८१
डेंगी संक्रमितको संख्या ६८ सय नाघ्यो, चारजनाको मृत्यु

विराटनगर । यो वर्ष ९सन् २०२४० जनवरीयता सेप्टेम्बरसम्म डेंगी संक्रमितको संख्या ६ हजार ८०० नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०का अनुसार २ सेप्टेम्बरसम्म ६ हजार ८३१ जना संक्रमित भएका छन् । जनवरीयता डेंगी संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये चार हजार ७७ जना अगष्टका ३० दिनमा थपिएका हुन् । जुन अघिल्ला सात महिनाको तुलनामा तेब्बरभन्दा बढी हो ।

यो वर्ष गण्डकी प्रदेशमा सबैभन्दा धेरै ३ हजार २२९ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार १४९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्कीमा ७६४, पर्वतमा ६५७, काठमाडौंमा ५५२, चितवनमा ५५३, गोरखामा २६२, झापमा १६८, मकवनापुरमा १२५, ललितपुरमा ११९, स्याङ्जामा ११५, भोजपुरमा १०४, पाल्पमा ११०, काभ्रेमा १० र कैलालीमा १०३ जना संक्रमित भएका छन् ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । यो वर्ष डेंगी ७५ जिल्लामा देखिएको छ । हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300