०८ आषाढ २०८३, सोमबार

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

Logo
आजको अपडेट सोमबार, आषाढ ०८, २०८३

त्रिवेणी (रुकुम पश्चिम), ८ असार ।  मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु भएको छ । पश्चिम मुसिकोटस्थित मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएपछि उपचारका जिल्ला अस्पताल सल्लेमा ल्याइएकामा त्यहाँ निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

साथीहरूसँग ब्याट्रीबाट करेन्ट लगाई माछा मर्ने क्रममा एक्कासि करेन्ट लागि घाइते भई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो घटनाको जानकारीपश्चात् जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक यामराज शर्माको नेतृत्वमा पाँच जनाको प्रहरी टोली खटिएको थियो ।

सुन्दरसँग माछा मार्न गएका उनका चार जना साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300