१० जेठ २०८२, शुक्रबार

शिक्षक आन्दोलन आजपनि जारी : शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने अडान

Logo
सन्तोष मेहता बुधबार, बैशाख ०३, २०८२

विराटनगर । सरकारले शिक्षकहरूको मागको सम्बोधन गर्न तयार रहेको जनाएपछि शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् ।

आफुहरुसंग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबार पनि शिक्षकहरूले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् । शिक्षकहरूले निरन्तर आन्दोलन गरेपछि मंगलबार राती बसेको मन्त्रीपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

बैठकले एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्य थलोमा फर्किन अनुरोध समेत गरेको थियो ।

तर महासंघले संघीय संसद्को अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भएपछिमात्रै आन्दोलन रोकिने स्पष्ट पारेको छ ।

शिक्षकहरूको निरन्तरको आन्दोलनका कारण मुलुकभरको शैक्षिक गतिविधि प्रभावित भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300