

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार एसईईको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआर सेवाबाट हेर्न सकिन्छ।
बोर्डका अनुसार नेपाल टेलिकमको वेवसाइट तथा १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ। त्यस्तै www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np, एनसेल एपलगायत वेवसाइटबाट नतिजा हेर्न सकिन्छ ।