२८ जेठ २०८३, बिहिबार

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

Logo
आजको अपडेट बिहिबार, जेठ २८, २०८३
बगदाद (इराक), २८जेठ (रास/सिन्ह्वा) । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकानिल अवस्थामा सतर्क रहन सुझाव दिएको छ । विज्ञप्ति जारी गर्दै दूतावासले वर्तमान क्षेत्रीय अवस्थाका कारण यात्रा अवरोध र हवाई क्षेत्र बन्द हुन सक्ने चेतावनी दिएको छ ।
दुतावासले अमेरिकी. नागरिकहरूलाई वर्तमान अवस्थामा यात्रा नगर्न चेतावनी जारी गर्दै अमेरिकी विदेश विभागले जारी गरेको विभिन्न स्तरको यात्रा चेतावनीको पालना गर्न सल्लाह दिएको छ । कुनै पनि कारणले इराकको यात्रा नगर्न सुझाव दिदै दुतावासले इराकमा रहेका आफ्ना नागरिकहरूलाई छिटै बाहिरिन आग्रह गरेको छ ।
इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्सले बिहीबार इरानमा ताजा अमेरिकी आक्रमणको प्रतिक्रियामा महत्वपूर्ण लक्ष्यहरूमा प्रहार गरी नष्ट गरेको बताएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300